संगतसंस्कृति आचार संहिता

१. कुनै पनि जात, धर्म र व्यक्ति विशेषका काल्पनिक तथा भ्रमपूर्ण कुराहरूलाई मान्यता दिईने छैन ।

२. संगतसंस्कृति स्विकारेपछि स्त्रीले स्त्री, पुरूषले र पुरूष थर तथा उभयले उभय थर राख्नु पर्नेछ ।

३. संगतसंस्कृतिमा जयसंगत शब्द अभिवादनको रूपमा प्रयोग गरिनेछ ।

४. संगतसंस्कृति स्विकारेपछि चार चरित्रको आधारमा सदस्यता लिनु पर्ने छ ।

५.  संगतसंस्कृतिका सदस्यहरूको जीवन शैली सरल हुनुपर्दछ साथै बोलाई, गराइ, र लवाई मा मेल खानु पर्दछ ।

६. संगतसंस्कृतिका सदस्यहरुले उदाहरणीय काम गर्ने वानी गर्नुपर्नेछ।

७. संगतसंस्कृतिका सदस्यहरुमा त्याग र तपस्याको भावना हुनुपर्नेछ ।

८. संगतसंस्कृतिका सदस्यहरु शिष्ट तथा भद्र हुनुपर्नेछ ।

९. संगतसंस्कृतिका सदस्यहरूले क्रोधमा नियन्त्रण गर्ने वानी बसाल्नुपर्ने छ ।

१०. संगतसंस्कृतिका सदस्यहरुले अरूको निन्दा गर्ने वानी छोड्नु पर्नेछ ।

११. संगतसंस्कृतिका सदस्यहरूले नकारात्मक सोच त्याग्नुपर्नेछ ।

१२. संगतसंस्कृतिका सदस्यहरुले सात्विक खानपानको वानी बसाल्नु पर्नेछ ।

१३. संगतसंस्कृतिका सदस्यहरुले चारित्रिक रूपमा एक ‘स्त्री’ एक ‘पुरूष’ को मान्यतालाई आत्मसात् गर्नुपर्नेछ । बाँकि सम्बन्धित देशको कानुन अनुसार हुने छ ।

४. संगतसंस्कृतिका सदस्यहरुले अरूको सम्पत्तिको डाहा, ईश्या गर्नु हुँदैन ।

१५ संगतसंस्कृतिका सदस्यहरुले आर्जनको मात्र स्व- भौतिक उपभोग गर्नुपर्नेछ ।

१६. संगतसंस्कृतिका सदस्यहरूले कमाइको निश्चित प्रतिशत दान दिने वानी बसाल्नुपर्नेछ ।

१७. संगतसंस्कृतिका सदस्यहरुले असामाजिक गतिविधिमा समावेश हुनु हुँदैन ।

१८. संगतसंस्कृतिका सदस्यहरुले धार्मिक कार्यक्रमहरूको बारेमा सुन्ने बित्तिकै उपस्थिति जनाई आवश्यक सहयोग गर्ने गर्नु पर्दछ ।

१९. संगतसंस्कृतिका सदस्यहरूले कुनैपनि व्यक्तिको मूल्याङुनको आधार कर्मलाई हेरेर गर्ने गर्नु पर्दछ ।

२०. संगतसंस्कृतिका सदस्यहरूले आफू आवद्ध संस्थाको मान बढाउने कार्यमा लागिरहनु पर्दछ ।
 
२१. संगतसंस्कृतिका सदस्यहरुले शूरता र प्रतिवद्धता प्रदर्शन गर्नु पर्दछ ।
 
२२. संगतसंस्कृतिका सदस्यहरु अध्ययनशील हुनु पर्दछ ।
 
२३. संगतसंस्कृतिका सदस्यहरुले योग गर्ने वानि बसाल्नु पर्दछ ।
 
२४. संगतसंस्कृतिमा कुनै पक्षको विरोध गरिने छैन तर समग्रमा विश्लेषण गर्दै तथ्यगत कुराहरू राखिने छ ।
 
२५. संगतसंस्कृति स्विकार्न कसैलाई बाध्य गरिने छैन साथै कुनै पनि धर्म, क्षेत्र, जात र वर्गको नाममा वर्गीकरण गरी संगतसंस्कृतिमा आबद्ध हुन रोकिने छैन ।
 
२६. संगतसंस्कृतिमा धर्म राजनीति व्यापार र कला लगायत सम्पूर्ण विषयमा आवश्यक नीति आफ्नै किसिमको हुनेछ र यसको व्याख्या संगत संस्कृतिले नै गर्नेछ ।
 
२७. संगतसंस्कृतिका सदस्यहरूले सबै संस्कृतिहरूको रक्षा गर्नु पर्नेछ ।