divider-free-img.png

सदस्यता

 संगतसंस्कृति स्थापना गर्न निम्न लिखित सदस्यता दिने निर्णय गरिएको छ।

१) आगन्तुक सदस्य

 श्रम, कृया – श्रम परिचालन

२) साधारण सदस्य

अर्थ, गति – श्रोत परिचालन

३) सकृय सदस्य

 रक्षा, काल – शक्ती पारीचालन

४) आजीवन सदस्य

शिक्षा, चेतना – ज्ञान पारीचालन

१) आगन्तुक सदस्य (शुद्र, श्रम, कृया) – श्रम परिचालन
नोट:- संगतसंस्कृतिको लागि श्रम खर्च गर्ने, शुभ चिन्तकको रुपमा रहने, आफ्नु अनुसार आश्रमका गतिबिधीमा शाहअभागी हुने, कुनै पनि निती नियम र आचरण सिक्न खोजेको, आश्रमको साधारण ज्ञान भएको, ऐच्छिक दान दिने, आश्रम लगायत सामाजिक सेवा गर्ने वा समग्रमा श्रम परिचालन गर्ने संसारका सबै मनिसहरु आगन्तुक सदस्य हुनेछन।
२) साधारण सदस्य (वैस्य, अर्थ, गती) – श्रोत परिचालन
नोट:- संगतसंस्कृति पूर्णरुपमा स्विकारेको, न्युनतम मासिक एक हजार रुपैया आश्रममा दान दिने, आश्रमका सबै गतिबिधीमा सहभागि भई नेत्रित्व गर्ने, जाड, रक्सी, माछा, मासु, अन्डा, चुरोट, बिडी जस्ता तमसी भोजन नगर्ने, आश्रमको सम्पूर्ण निती नियम पालन गर्ने, आफ्नो नामको पछाडि स्त्री, पुरुष वा उभय लेख्ने, आगन्तुक सदस्यलाई साधारण सदस्य बन्नको लागि प्रेरणा दिने, नौ दिनको साधारण कक्षा लिएको, आगन्तुक सदस्य, सकृया सदस्य र आजीवन सदस्यहरुको बिचमा समान रुपमा श्रोत परिचालन गर्ने र राष्ट्रिय आर्थिक क्षेत्र रक्षार्थ जीवन दिने संसारका सबै मनिसहरु साधारण सदस्य हुनेछन।
 
३) सकृय सदस्य (क्षेत्रि, रक्षा, काल) – शक्ती पारीचालन
नोट:- संगतसंस्कृति पूर्णरुपमा स्विकारेर पारिवारिक रुपमा आश्रमका नियमहरु पालना गरेको, आफ्नो आम्दानीको न्युनतम १५ प्रतिशत आश्रमलाई दान गर्ने, संसारका कुनै पनि ठाउँमा गएर नेत्रित्व लिने, पढाधिकरी भएर बस्ने, प्रशिक्षण दिने, साधारण सदस्य, आगन्तुक सदस्य र आजीवन सदस्यको संरक्षण गर्ने, संगतसंस्कृति स्थापनार्थ संगठन बिस्तार गर्ने, आश्रमका श्रीसम्पतीको हेरचाह गर्ने, पूर्ण रुपमा संगतसंस्कृति स्विकारेर समाजमा लागु गर्ने, संगतसन्स्क्रिती रक्षार्थ जीवन दिने साथै राष्ट्रिय राजनिती गर्दै संगत सरकार सन्चालन गर्ने संसारका सबै ब्यक्तीहरु सकृया सदस्य हुनेछन।
४) आजीवन सदस्य ( ब्राह्मण, शिक्षा, चेतना) ज्ञान पारीचालन
संगतसंस्कृति स्विकारी ब्यक्तिगत र समुहगत जीवन पूर्णरुपमा त्यागेको, भगवान प्राप्ती नै अन्तिम लक्ष्य बनाएको आफ्नो नाममा श्रीसम्पती नराख्ने, सम्पूर्ण कुरा आश्रममा समर्पित गरेको, आफ्नो नाममा बैंक खाता नभएको, आगन्तुक सदस्य, साधारण सदस्य र सकृय सदस्यलाई पूर्ण रुपमा ज्ञान बाडने, पूर्णरुपमा इन्द्रिय नियन्त्रण गर्न सक्ने, धर्म रक्षाको लागि जीवन समर्पित गर्ने, धर्म, क्षेत्र, जात, र बर्गको नाममा भएको कुरितीलाई हटाई संसारमा नै साझासन्स्क्रितीको बिकास गरी आवश्यक धार्मिक निती नियम बनाई आश्रमहरुमा लागु गर्ने, अश्रमको संगठनिक ढाचा पूर्णरुपमा संरक्षक भई लागु गर्ने, संसारका सबै सरकारलाई धर्मको मर्म बुझाई धार्मिक नेत्रित्व दिदै संबैधानिक रुपमा धर्म सरकारहरुलाई आवश्यक निर्देशन दिने र परमात्मा प्राप्तीका लागि जीवन समर्पित गर्ने संसारका धार्मिक ब्यक्तीहरु आजीवन सदस्य हुनेछन।