आश्रमको योजना

१) सबै सदस्यहरूले आफ्नो जन्मदिन आश्रम भएको क्षेत्रमा आश्रममा नै मनाउने आश्रम नभएको क्षेत्रमा भने आफ्नो क्षेत्रको कुनै मन्दिर, गुम्बा वा मठमा वैदिक विधि अनुसार मनाऊने । 

२) सबै सदस्य तथा सम्पूर्ण सामाजिक कार्यमा जन्म देखि मृत्यु सम्मका सांस्कृतिक, धार्मिक, कर्मकाण्ड विषयहरु आश्रमसँग सम्पर्क राखि सल्लाह गरेर मात्र लागु गर्ने, उक्तकार्यहरू आश्रमले नै आवश्यक परे व्यवस्थापन गर्दै जाने छ ।

३) प्रत्येक व्यक्तिहरूको जन्म मितिको आधारमा आश्रमद्वारा चिना बनाउँदै अभिलेख राखि ईमेल मार्फत उपलब्ध गराउनुको साथै विभिन्न दशा, अन्तर्दशा, प्रत्यन्तर दशाको जानकारी गराउँदै त्यसको निराकरणार्थ आश्रमद्वारा नियमित उपचारको लागि आयूर्वेदिक, वैदिक र वनस्पतिजन्य शान्तिका उपाय आवश्यकता भएमा उपलब्ध गराउने ।

४) सबै सदस्यहरूको व्यक्तिगत जीवन आदिको विवरण र लागत राख्ने व्यवस्था गरिने छ ।

५) संगतसंस्कृतिका सम्पूर्ण सदस्यको विवरणहरूलाई वेवसाईट मार्फत व्यवस्थित गर्ने र आफ्नै इमेल सञ्चालन गर्न पहल गरिने छ ।

आश्रमको वार्षिक गतिविधि

१. नयाँ वर्षः (वैशाख १ गते)

२. वार्षिक उत्सवः प्रत्येक वर्षको मार्ग कृष्णपक्षको चतुर्थी तिथिमा गरिने ।

३. साधारण सभा नागपञ्चमीको भोलि पल्ट

४. प्रत्येक शनिबार आ-आफ्नो ठाँउमा सत्सङ्ग गर्ने गराउने । साथै आश्रममा कार्यसमिति अनिवार्य स्पमा उपस्थित भै सत्सङ्ग गर्ने ।