संगतसंस्कृति आचार संहिता
१. कुनै पनि जात, धर्म र व्यक्ति विशेषका काल्पनिक तथा भ्रमपूर्ण कुराहरूलाई मान्यता दिईने छैन ।
२. संगतसंस्कृति स्विकारेपछि स्त्रीले स्त्री, पुरूषले र पुरूष थर तथा उभयले उभय थर राख्नु पर्नेछ ।
३. संगतसंस्कृतिमा जयसंगत शब्द अभिवादनको रूपमा प्रयोग गरिनेछ ।
४. संगतसंस्कृति स्विकारेपछि चार चरित्रको आधारमा सदस्यता लिनु पर्ने छ ।
५. संगतसंस्कृतिका सदस्यहरूको जीवन शैली सरल हुनुपर्दछ साथै बोलाई, गराइ, र लवाई मा मेल खानु पर्दछ ।
६. संगतसंस्कृतिका सदस्यहरुले उदाहरणीय काम गर्ने वानी गर्नुपर्नेछ।
७. संगतसंस्कृतिका सदस्यहरुमा त्याग र तपस्याको भावना हुनुपर्नेछ ।
८. संगतसंस्कृतिका सदस्यहरु शिष्ट तथा भद्र हुनुपर्नेछ ।
९. संगतसंस्कृतिका सदस्यहरूले क्रोधमा नियन्त्रण गर्ने वानी बसाल्नुपर्ने छ ।
१०. संगतसंस्कृतिका सदस्यहरुले अरूको निन्दा गर्ने वानी छोड्नु पर्नेछ ।
११. संगतसंस्कृतिका सदस्यहरूले नकारात्मक सोच त्याग्नुपर्नेछ ।
१२. संगतसंस्कृतिका सदस्यहरुले सात्विक खानपानको वानी बसाल्नु पर्नेछ ।
१३. संगतसंस्कृतिका सदस्यहरुले चारित्रिक रूपमा एक ‘स्त्री’ एक ‘पुरूष’ को मान्यतालाई आत्मसात् गर्नुपर्नेछ । बाँकि सम्बन्धित देशको कानुन अनुसार हुने छ ।
१४. संगतसंस्कृतिका सदस्यहरुले अरूको सम्पत्तिको डाहा, ईश्या गर्नु हुँदैन ।
१५ संगतसंस्कृतिका सदस्यहरुले आर्जनको मात्र स्व- भौतिक उपभोग गर्नुपर्नेछ ।
१६. संगतसंस्कृतिका सदस्यहरूले कमाइको निश्चित प्रतिशत दान दिने वानी बसाल्नुपर्नेछ ।
१७. संगतसंस्कृतिका सदस्यहरुले असामाजिक गतिविधिमा समावेश हुनु हुँदैन ।
१८. संगतसंस्कृतिका सदस्यहरुले धार्मिक कार्यक्रमहरूको बारेमा सुन्ने बित्तिकै उपस्थिति जनाई आवश्यक सहयोग गर्ने गर्नु पर्दछ ।
१९. संगतसंस्कृतिका सदस्यहरूले कुनैपनि व्यक्तिको मूल्याङुनको आधार कर्मलाई हेरेर गर्ने गर्नु पर्दछ ।